पृष्ठभूमि र परिचय
जलवायु परिवर्तन विश्वव्यापी चुनौती हो तर यसको प्रभाव स्थानीय स्तरमा असमान छ । कम विकसित मुलुकहरू (Least Developed Countries – LDCs), विशेषगरी नेपाल यसबाट अझ धेरै प्रभावित छन् । नेपाल कृषिप्रधान देश हो र मनसुनमा निर्भर कृषि, भौगोलिक जटिलता, गरिबी र जलवायु–संवेदनशील क्षेत्रहरू (जस्तै कृषि र जलस्रोत) मा ठूलो निर्भरताले यसलाई जोखिमपूर्ण बनाएको छ । यसको प्रत्यक्ष असर दिगो विकासमा देखापरिरहेको छ । जसले नेपालको सामाजिक, आर्थिक र पर्यावरणीय क्षेत्रहरूमा दीर्घकालीन चुनौती सिर्जना गरिरहेको छ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयद्वारा सन् २०२१ मा तयार पारिएको संकटासन्नता तथा जोखिम नक्सांकन र अनुकूलनका विकल्पहरू पहिचान प्रतिवेदन अनुसार, सिन्धुली जिल्ला (मध्य पहाड र चुरे क्षेत्रमा अवस्थित) जलवायु परिवर्तनको दृष्टिकोणले अति संवेदनशील जिल्लामा पर्दछ । सो प्रतिवेदनले वन, जैविक विविधता र जलस्रोत व्यवस्थापनका हिसाबले पनि सिन्धुलीलाई अत्यन्त उच्च संवेदनशील क्षेत्रको रूपमा प्रस्तुत गरेको छ । सिन्धुली जिल्लाभित्र पर्ने मरिण जलाधार (जहाँ मरिण र क्यान नदीहरू बग्छन्) पहिरो, बाढी, वनडढेलो र खडेरीजस्ता जलवायुजन्य जोखिमहरूबाट विशेष रूपमा प्रभावित हुँदै आएको छ ।
स्थानीय र आदिवासी समुदायहरू मुख्यतः निर्वाहमुखी (Subsistence) कृषि प्रणाली, न्यून जलवायु अनुकूलन क्षमता र हालका दिनहरूमा जलवायु परिवर्तनका कारण जलवायुजन्य जोखिमहरूमा आवृत्ति र तीव्रतामा वृद्धिले समुदायहरूको कार्यबोझ बढाउनुका साथै जीविकोपार्जनमा चुनौती थपेको छ । यस्ता चुनौतीहरू समाधान गर्नका लागि जलवायु परिवर्तन अनुकूलनलाई एकीकृत जलाधार व्यवस्थापन अवधारणामार्फ्त अघि बढाउनु आवश्यक देखिएको छ । यही सन्दर्भमा, “नेपालमा जलवायु परिवर्तनसँग समुदायको उत्थानशीलता वृद्धिका लागि जलाधार व्यवस्थापन Managing Watersheds for Enhanced Resilience of Communities to Climate Change in Nepal – MaWRiN Project)” परियोजना सञ्चालनमा ल्याइएको हो । यस परियोजनाको मुख्य उद्देश्य स्थानीय तथा आदिवासी समुदायहरूको जलवायु उत्थानशीलता वृद्धि गर्नु हो ।
परियोजनामा डब्लू. डब्लू. एफ. नेपाल ९ध्ध्ँ ल्भउब)ि को प्राविधिक सहयोगमार्फत ग्लोबल ईन्वाइरन्मेन्ट फेसिलिटी ९न्भ्ँ० को आर्थिक सशर्त अनुदानमार्फत नेपाल सरकार,वन तथा वातावरण मन्त्रालय (राष्ट्रिय परियोजना कार्यान्वयन निकाय) र बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, हेटौडा, नेपाल (कार्यान्वयन साझेदार) को रूपमा ञ्चालित परियोजना हो ।
परियोजना क्षेत्र
फोटो ग्यालेरी
3D Terrain Model of MaWRiN Project's Landscape
Fishery pond development
Restoration and protection of water sources
Plantation support including protection and fencing
Project inception and stakeholder engagement workshop
Project inception and stakeholder engagement workshop at district level
Multi-purpose nursery establishment
Project Coordination Committee ( PCC) Meeting
Restoration and protection of water sources.
Fishery pond development.
Project Steering Committee ( PSC ) Meeting